अन्ततः महासचिव पौडेलले बोलाए सचिवालय बैठक
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार (भोली) बस्ने भएको छ ।
पार्टीका महासचिव विष्णु पौडेलले पार्टीमा उठेका विषयमा छलफल गर्नुपर्ने भएकाले शुक्रबारका लागि दुवै अध्यक्षसँगको सल्लाहपपछि सचिवालय बैठक बोलाएका हुन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतले बैठकका लागि मागपत्र बुझाउनुपर्ने अवस्था आएको पार्टीमा भोलिका लागि भने दुवै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले बैठक बोलाएका जनाइएको छ ।