

डेनमार्कले नेपाललाई १४ लाख डोज खोप प्रदान गर्ने, खोप ल्याउनका लागि सहजीकरण गरिदिन युनिसेफलाई पत्राचार
काठमाडौँ – डेनमार्क सरकारले नेपाललाई १४ लाख डोज कोरोना विरुद्धको एस्ट्राजेनिकाको खोप दिने भएको छ ।
डेनमार्कले कोरोना विरुद्धको १४ लाख डोज खोप दिने जानकारी सहितको पत्र स्वास्थ्य सेवा विभागलाई पठाएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ ।
खोप ल्याउनका लागि सहजीकरण गरिदिन विभागका महानिर्देशकले शनिबार साँझ नै युनिसेफलाई पत्राचार गरिसकेका छन् ।

