
संवैधानिक इजलासका दुई न्यायधीश फेरि विवादमा तानिए, आफ्नै रायले फँसायो
काठमाडौं– सर्वोच्च अदालतको संवैधानिक इजलासका लागि आइतबार तोकिएका दुई जना न्यायाधीश फेरि विवादमा तानिएका छन्।
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाईका लागि तोकिएका ५ मध्य न्यायाधीशहरू दिपककुमार कार्की र आनन्दमोहन भट्टराई विवादमा तानिएका छन्।
महान्यायाधीवक्त रमेश बडाल र बरिष्ठ अधिवक्ता सुशील पन्तले दुई जना न्यायाधीशले यो मुद्दा हेर्न नमिल्ने जिकिर गरेका छन्। अघिल्लो पटक विपक्षी पार्टीका तर्फबाट लडेका अधिवक्ताहरुले न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई हटाउनुपर्ने माग राखेपछि संवैधानिक इजलास पुनर्गठन गरिएको थियो।
सो मुद्दामा न्यायाधीश कार्की र भट्टराईले हटाइएका श्रेष्ठ र केसी राखे आफूहरु नबस्ने मात्र भनेका थिएनन् रायका क्रममा नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएको प्रसङ्ग पनि जोडेका थिए।
सोही रायमा टेक्दै अधिवक्ता पन्तले न्यायाधीशले इजलासमा बस्दिन भन्न पाए पनि ‘तिनीहरु रहेका कारणले म रहन्न’ भन्ने अधिकार नरहेको दलील पेश गरेका छन्।



कागजपत्र |
