सरकारमा पुगेपछि महन्थले भने-जसपा हाम्रो हो, हाम्रो रहन्छ


काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग सम्बोधनको प्रक्रिया अगाडि बढेको बताएका छन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले जसपालाई एक उपप्रधानमन्त्री, ७ मन्त्री र दुई राज्यमन्त्री दिएर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

नवनियुक्त मन्त्रीहरुको स्वागतमा शनिबार आयोजित कार्यक्रममा ठाकुरले आफ्ना पक्षका माग र मुद्दा सम्बोधनको प्रक्रिया सुरु भएको बताउँदै आफ्ना जेलमा रहेका साथीहरु पनि छिट्टै छुट्ने बताए ।

सोही क्रममा उनले भने प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सक्ने जति गर्ने बचन दिनु भएको छ । उनले अघि भने, ‘जसपा हाम्रो हो, हाम्रो रहन्छ । समय आएपछि निर्वाचन आयोगमा पनि आफ्नो मान्यता स्थापित गर्छौं ।’

जसपा वरिष्ठ नेता एवं उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले पार्टीमा अहिले विभाजित मनस्थिति देखिएपनि अधिकांश नेता कार्यकर्ता आफूहरुतिर रहेको उनले दाबी गरे ।

प्रतिक्रिया