कामचलाउ सरकारको घमण्ड अवसरवादीले उठायो : महत


काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कामचलाउ सरकारले मन्त्रिमण्डल पुनर्गठन गरेर संविधान, कानुन मिचेको आरोप लगाएका छन् ।

महतले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताप्रतिको आशक्तिलाई महन्थ ठाकुर समुहले उपयोग गरेको टिप्पणी गरेका छन् ।
सरकारमा मधेसी नेता जानु प्रधानमन्त्री ओली शक्तिमा जसरी पनि रहनुपर्छ भन्ने आशक्तिले काम गरेको उनको भनाइ छ ।

महतले भने, पछिल्लो पटक कामचलाउ सरकारले मन्त्रिमण्डल पुनर्गठन गरेर संविधान, कानुन मिचेर म जे पनि गर्न सक्छु भन्ने घमण्ड देखियो ।’ मधेशका खास मुद्दालाई थाति राखेर सरकारमा जाने मधेसी नेताको चरित्र अवसरवादी भएको आरोप पनि महतले लगाए ।

कोरोना संक्रमणको जोखिममा आफूविरुद्ध सडकमा कोही आउन नसक्ने र विरोध हुने प्रतिनिधि सभापनि विघटन गरेर राष्ट्रपतिको आडमा जे पनि गर्न सकिन्छ भनेर प्रधानमन्त्रीले काम गरिरहेको उनले बताए ।

प्रतिक्रिया