तालिम गरिरहेका नेपाली सेनाका जवानको मृत्यु


काठमाडौं – नेपाली सेनाको तालिम गरिरहेका एक जवानको मृत्यु भएको छ। अर्घाखाँची घर भएका नेपाली सेनाका जवान १९ वर्षीय अर्जुन सारूको मृत्यु भएको हो।

नेपाली सेनाको श्री नम्बर २ तालिम गण सैनामैनामा सैन्य आधार तालिम गरिरहेका अर्घाखाँची शितगंगा–३ निवासी सारूको मृत्यु भएको सेनाले जनाएको छ।

सारु अचानक अचेत भएपछि अस्पताल लगिएको थियो। उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया