

सपथलगत्तै उपप्रधानमन्त्री महतोले गरे शुक्रबारै पदभार ग्रहण

काठमाडौं — नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतोले पदभार ग्रहण गरेका छन् । शुक्रबार साँझ राष्ट्रपति समक्ष पदभार पद तथा गोपनियताको सपथ लिएलगत्तै महतोले सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गर्दै महतोलाई उपप्रधानसहित सहरीविकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
त्यस्तै जसपाबाट २ राज्यमन्त्रीसहित ८ जनाले विभिन्न मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

