यी हुन् ओली सरकारका नयाँ तीन उपप्रधानमन्त्री !


काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्दै तीन उपप्रधानमन्त्री बनाउने जनाइएको छ । अर्थमन्त्री बिष्णु पौडेलसहित जसपाका नेतृत्वकर्ता राजेन्द्र महतो र एमाले नेता रघुबीर महासेठलाई उपप्रधानमन्त्री बनाउन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले महतो जसपाबाट नेतृत्वकर्ता रहेको र उनलाई उपप्रधानमन्त्री बनाउने सहमति भएपछि एमालेका बरिष्ठ नेताहरु बिष्णु पौडेल र महासेठलाई पनि उपप्रधानमन्त्री बनाउन लागेको जनाइएको छ ।

‘तीन जना उपप्रधानमन्त्री रहने निर्णय प्रधानमन्त्रीले लिनुभएको छ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भने । स्रोतका अनुसार महासेठलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइने जनाइएको छ ।

जसपाका तर्फबाट १० जना र केही एमालेका नयाँ मन्त्रीहरूले अहिले सपथ लिने जनाइएको छ ।

 

प्रतिक्रिया