

जर्मनीमा रहेको नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले जर्मनीको बोनस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने निर्णय गरेको छ ।
हालै बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।
यस्तै परराष्ट्र मन्त्रालयको सिफारिसमा राजदूत नियुक्ति सम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय समेत बैठकले गरेको छ ।
२०७५ सालमा ल्याइएको सो कार्यविधि अनुसार राजदूत नियुक्ति गर्दा परराष्ट्र सेवाबाट कम्तिमा ५० प्रतिशत पर्नेगरी नियुक्त गर्नुपर्ने प्रावधानलाई हटाइएको छ ।

