१७ वटा कम्पनीको करिब ६ अर्ब रुपैयाँको आईपीओ पाइपलाइनमा, कुन कम्पनीको कति ? (विवरणसहित)


काठमाडौं – धितोपत्र बोर्डको पाइप लाइनमा १७ वटा कम्पनीको करिब ६ अर्ब रुपैयाँको आईपीओ पाइपलाइनमा रहेको छ । बोर्डको पाइपलाइनमा रहेका १७ कम्पनीको ५ अर्ब ९६ करोड ७७ लाख ६४ हजार ४ सय रुपैयाँको ५ करोड ९६ लाख ७७ हजार ६३४ कित्ता सेयर पाइपलाइनमा रहेको छ ।

पाइपलाइनमा रहेका कम्पनीका ३ वटा माइक्रोफाइनानस रहेको छ भने अधिकांश कम्पनी जलविद्युत कम्पनी रहेका छन् ।

माइक्रोफाइनान्समा मानुषी लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, जीवन बीकास लघुवित्त वित्तीय संस्था आइपीओ निष्काशन गर्नको लागि पाइपलाइनमा रहेका छन् । बोर्डका अनुसार डिसहोम पनि आइपीओ निष्काशन गर्नको लागि पाइपलाइनमा रहेको छ ।

डिसहोमले २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निष्काशनको तयारीमा रहेको छ । जलविद्युत कम्पनीमा पनि केहीले सर्वसाधारणको लाग केहीले आयोजना प्रभावित स्थानीयको लागि र केही कम्पनीले आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारण दुवैको लागि आइपीओ निष्काशनको तयारीमा रहेका छन् ।

पाइपलाइनमा रहेका कम्पनीमा सबैभन्दी बढी मध्यभोटेकोसी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १ करोड ५० लाख कित्ता सेयर निष्काशन गर्नको लागि बोर्डमा पाइपलाइनमा रहेको छ । बोर्डले अनुमति लिएपछि आइपीओ निष्काशन गर्ने छ ।

प्रतिक्रिया