असार १ गतेदेखि मेलम्चीको पानी करिब दुई महिना नआउने


काठमाडौं – आगामी असार १ गतेदेखि मेलम्चीबाट करिब २ महिना काठमाडौँमा पानी नआउने भएको छ ।

सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) पुरा गर्न सुरुङमा असारदेखि पानी पठाउन बन्द गर्न लागिएको हो ।

असार १ गतेदेखि पानी भर्न बन्द गरेपनि १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्ने छ ।

त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर त्यसको अवस्थाबारे अध्ययन गर्नेछन् । अब करिब २ महिना मेलम्चीको पानी काठमाडौँ नआउने भएको छ ।

प्रतिक्रिया