

दरबार हत्याकाण्ड हुनासाथ माओवादीले राजतन्त्र अन्त्यको घोषणा गरेको थियो

काठमाडौं– दरबार हत्याकाण्डको बुधबार २० बर्ष पूरा भएको छ। तैपनि उक्त हत्याकाण्डको खोजीनीति हुनुपर्ने माग सर्वत्र भइरहेको छ।
१९ जेठ ०५८ मा भएको उक्त हत्याकाण्डले विश्व हल्लाएको थियो। राजा वीरेन्द्र शाहको वंशनाश हुनेगरी भएको हत्याकाण्डलाई विभिन्न कोणबाट अनेक राजनीतिक दलले व्याख्या गरेका थिए।
तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उक्त हत्याकाण्डलाई ग्रान्डडिजाइनको संज्ञा दिएका थिए।
सशस्त्र युद्धलाई तिव्रता दिएको तत्कालिन नेकपा माओवादीले भने हत्याकाण्डलाई नयाँ कोतपर्व भनेको थियो। त्यसबेला भूमीगत रहेका डा. बाबुराम भट्टराईले उक्त संज्ञा दिएका थिए।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने राजनीतिक रुपमा नै विज्ञप्ति जारी गरी उक्त प्रकरणबाट राजतन्त्र अन्त्य भएको घोषणा गरेका थिए।
यी प्रसङ्ग कतिपय पुस्तकमा पनि उल्लेख छन्। वीरेन्द्रका बडिगार्ड समेत रहेका कर्णेल सुन्दरप्रताप रानाको पुस्तक दरबारका दुखान्तमा पनि माओवादीले उक्त घोषणा गरेको उल्लेख छ।

