

निषेधाज्ञाबारे उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठक निष्कर्ष बिहिन

काठमाडौं – उपत्यकामा निषेधाज्ञा थप गर्नेबारे मंगलबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका तीनै प्रमुख जिल्ला अधिकारीको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।
निषेधाज्ञा थप्ने या खुलाउनेबारे कुनै निर्णय नभएपछि भोलि बुधवार यसबारे भोलि पुनः बैठक बस्ने भएको एक सिडिओले बताए ।
मङ्गलवारको बैठकमा जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने तथा खाद्य तथा किराना पसल बिहान ९ बजेसम्म खुलाउनेबारे छलफल भएको छ ।
सङ्क्रमण बढिरहेकोले आवतजावतमा कडाइ गर्ने र परीक्षण पनि ब्यापकरुपमा हुन नसकेको निकाल्दै सिडिओहरू निषेधाज्ञा लम्ब्याउने तयारीमा छन् ।

