यस्तो छ संवैधानिक इजलास स्थगित हुनु अघि चार न्यायाधीशले दिएको राय


काठमाडौं – दुई जना न्यायाधीशले संवैधानिक इजलास छाडेपछि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आउँदो २३ गतेसम्मका लागि स्थगित गरिएको छ ।

न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासको यही संरचनाबाट अगाडि बढ्दा न्यायिक निष्पक्षता कायम हुनेमा ढुक्क हुन नसकिएको भन्दै इजलास छाडेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले २३ गतेसम्मका लागि सुनुवाइ स्थगित गरेका हुन् ।

आजको संवैधानिक इजलासमा आफ्नो राय पेस गर्दै न्यायाधीशद्वय कार्की र भट्टराईले प्रधानन्यायाधीशले आवश्यक ठानेको खण्डमा आफूहरू बस्न तयार रहेको पनि बताएका छन् ।

पुरानै संवैधानिक इजलास गठन गरेपछि आज न्यायाधीशहरू कार्की र भट्टराईले आफ्नो रायसहित इजलास छाडेका हुन् । यस्तै न्यायाधीश केसी र श्रेष्ठले पनि इजलासमा छुट्टाछुट्टै राय पेस गरेका छन् ।

प्रतिक्रिया