

गाउँपालिका अध्यक्ष खड्काको लापरबाहीमा ६० करोड बजेट फ्रीज, शिलान्यास भैसकेको अस्पताल रातारात किर्ते गरि ठाउँ सारियो

रामेछाप – लिखुतामाकोसी गाउँपालिका का अध्यक्ष गोविन्द बहादुर खड्काको लापरबाहीले लिखुतामाकोसी गाउँपालिका भरिका १५ हजार जनताको भविष्यमाथि खेलवाड भएको एमाले नेता केशर मगरले बताएका छन् ।
गाउँपालिका अध्यक्ष खड्काले ०७७/०७८सालको ६० करोड बजेट फ्रीज गर्नुका साथै गाउँपालिककाकै ४ नम्बर वडामा बन्नु पर्ने अस्पताल रातारात किर्ते गरि वडा नं ६ खिम्तीमा लगिने भएपछि झनै विवादमा तानिएको हो ।
कार्यपालिका लाई जानकारी नै नगराई प्रदेशका सांसद शान्ति प्रसाद पौडेल द्वारा शिलान्यास समेत भैसकेको अस्पताल रातारात खिम्ती लाने भएपछि स्थानीय आन्दोलित भएका छन । जेठ १७ गते कार्यपालिकाको बैठक बोलाएर सबै विवादहरू समधान गर्छु भनिएता पनि १४ गते नै एकतर्फी रूपमा बैठक बोलाएर बहुमत जुट्न नसकेपछि अन्तमा बैठक स्थगित भएको थियो।
केशर पौडेलको नेतृत्व मा जेष्ठ १३ गते भएको बहुसंख्यक युवा सहित स्थानिय बुद्धिजिवी हरुको गाउ पालिका भेलाले गाउ पालिका अध्यक्षलाई मिटिङ्गको मिति तोकेर नियम सम्मत काम नगरे जि प्र का बुझाईदिने चेतावनी दिए पछि जेष्ठ १७ गते मिटिङ्गको मिति तोकेको थियो ।
तर १७ गते धेरै जनताहरु जम्मा हुने डरले रातारात भोली पल्ट १४ गते नै मिटिङ्ग बोलाएको तर मिटिङ्गमा बहुमत संख्या नपुगेको हुदा १६ गते मिटिङ्ग बोलाएर गाउ पालिका केन्द्रको बजेटबाट हस्पिटल बनाउने, कोभिड समस्या समाधानको लागी १ करोड बजेट छुट्याएको र ठेक्का पट्टा काम भैइसकेका कामको पैसा भुक्तानी गर्ने सम्बन्धमा निर्णय भएको हुदा सोहि बमोजिम तुरुन्त काम नभए स्थानिय हरु पुन: आन्दोलनमा जाने कुरा स्थानियहरुले बताएका छन ।
पालिका अध्यक्ष खड्काले यस अघिपनि आफ्नै पालिकाका वडा अध्यक्ष र उपाध्यक्ष लाई विभिन्न बाहानामा पहुँचको भरमा फसाई सकेको एमाले नेता केशर मगरले जानकारी गराए ।

