

महन्थ ठाकुरसहित ४ नेता जसपाबाट निकालेको यादव पक्षको घोषणा, आयोगमा जानकारी

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार जना नेतालाई निष्काशन गरेको छ।
पार्टी साधारण सदस्य समेत नरहेगरी मंगलबार ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई निकालेको यादव पक्षले घोषणा गरेको छ।
उक्त विषय निर्वाचन आयोगमा जानकारी गराइएको छ।

