समस्या कालो कोटमा होइन, कालो सोचमा छ प्रधानमन्त्रीज्यू: विश्वप्रकाश शर्मा


काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समस्या कालो कोटमा होइन प्रधानमन्त्रीज्यू, कालो सोचमा रहेको बताएका छन्।

सोमबार युवा संघको कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन अवस्था तथा कुन हैसियतमा पुर्‍याउँदैछन् भन्ने टिप्पणी गरेका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिबारे मंगलबार बिहान ट्वीट गर्दै प्रवक्ता शर्माले समस्या कालो कोटमाभन्दा पनि कालो सोचमा रहेको उल्लेख गरेका हुन्।

संवैधानिक इजलासमा रहेका न्यायाधीशबारे निष्पक्षतामा प्रश्न उठिरहेका बेला प्रधानमन्त्री ओलीले गरेको टिप्पणीलाई लिएर प्रवक्ता शर्माले यस्तो बताएका हुन्।

‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू,’ उनले लेखेका छन्, ‘व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको ‘भावनात्मक उत्तेजना’ सदैव निन्दनीय हुन्छ।’

प्रतिक्रिया