घटे संक्रमित, भारतमा २४ घन्टामा १ लाख २६ हजार संक्रमित, २७८२ को मृत्यु


काठमाडौं – नेपालको छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या तीब्रगतिमा घट्दै गइरहेको छ ।

पछिल्लो तथ्यांकअनुसार गत २४ घन्टामा भारतमा १ लाख २६ हजार ६ सय ९८ कोरोना संक्रमित थपिएका छन् । यससँगै हालसम्म भारतमा कोरोना संक्रमितको संख्या २ करोड ८१ लाख ७३ हजार ६ सय ५५ पुगेकोछ ।

त्यस्तै संक्रमित सँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि घट्दोक्रममा रहेको छ ।

पछिल्लो २४ घन्टामा भारतमा २ हजार ७ सय ८२ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ३१ हजार ९ सय ९ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म २ करोड ५९ लाख ३९ हजार ५ सय ४ जना कोरोनामुक्त भइसकेका छन् ।

विश्वभर पछिल्लो २४ घन्टामा ३ लाख ५८ हजार १ सय ७९ नयाँ संक्रमित थपिएका छन् भने ७ हजार ८ सय ६९ जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वमा १७ करोड १४ लाख ५४ हजार ३ सय १ जना संक्रमित भएका छन् भने ३५ लाख ६४ हजार ६ सय ९९ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया