

गौतमबारे सर्वोच्चको पूर्ण इजालसमा सुनुवाई हुँदै

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम बारे सर्वोच्च अदालतमा सआज सुनुवाई हुँदैछ । गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयनविरूद्ध सर्वोच्च अदालतमा परेको रिटविरूद्ध आज सुनुवाई हुने भएको हो ।
उक्त मुद्दाको सुनुवाई पूर्ण इजलासमा हुने जनाइएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.राका साथै न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको पूर्ण संवैधानिक इजालसमा उक्त मुद्दाबारे सुनुवाई हुने जनाइएको छ ।
राष्ट्रिय सभामा नियुक्त भइसकेका गौतमलाई मन्त्री नबनाइयोस् भनी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा दायर गरेको रिटविरुद्ध आज सुनुवाइ हुन लागेको हो ।
न्यायाधीशमा कोरोना संक्रमण भएपछि सरेको सुनुवाइ दशैँअघि सरेको थियो ।
प्रतिनिधिसभा निर्वाचन २०७४ मा बर्दियाबाट पराजित गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज १ गते राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन् ।

