पछिल्लो २४ घण्टामा ४ हजार ३६९ जनामा संक्रमण पुष्टि, १०९ को मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा उपत्यकामा १०८४ सहित देशभर ४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा। समिर अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा देशभर १०९ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ६ हजार २०५ जना कोरोना मुक्त भएका छन् ।

उनका अनुसार १० हजार ९८६ जनाको पीसीआर र ६६७ जनाको एन्टीजेन परीक्षण हुँदा पीसीआरमा ३ हजार ७०२ र एन्टीजेनमा ६६७ जनालाई पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया