यी हुन् आज प्रस्तुत बजेटका दर्जन लोकप्रिय कार्यक्रम (सूचीसहित)


काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक २०७८/७९ का लागि बजेट ल्याएका छन् ।

शनिबार दिउँसो राष्ट्रपतिले अध्यादेश जारी गरी बजेट ल्याउने बाटो खोलाएपछि मन्त्री पौडेलले आगामी आर्थिक वर्षका लागि १६ अर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएका छन् ।

सरकारले ल्याएको बजेटमा लोकप्रिय कार्यक्रम ल्याएको प्रारम्भिक प्रतिक्रिया आइरहेको बेला उद्योग व्यवसायलाई अलि नसमेटिएको हो कि भन्ने प्रतिक्रिया आएका छन् ।

प्रस्तुत बजेटमा सबैभन्दा बढी वाहवाही पाएको विषय भनेको जेष्ठ नागरिक भत्ता वृद्धिलाई मानिएको छ ।

प्रस्तुत छ प्रारम्भिक प्रतिक्रियाका क्रममा उत्कृष्ट रहेका बुँदाहरु

१. ज्येष्ठ नागरिक भत्ता बृद्धि – मासिक ४ हजार रुपैयाँ
२. आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने
३. शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने, ब्याजदर ५ प्रतिशत
४. लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिन बजेट विनियोजन
५. तरकारी, दूध र माछा–मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने
६. विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा र सिम कार्ड निःशुल्क दिने
७. निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट
८. ३ वर्षभित्र रासायनिक मल कारखाना स्थापनाका लागि काम सुरु गरिने
९. निषेधाज्ञामा खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट
१०. विवादित गरिबी निवारण कोष खारेज
११. स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा
१२. पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार, ७ लाखको दुर्घटना बीमा

प्रतिक्रिया