पछिल्लो २४ घन्टामा देशभर ६०८० कोरोनमुक्त, ४४८७ मा कोरोना पुष्टी, ११६ जनाको मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार ४८७ संक्रमित देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ७५२ परिक्षणमा ७७८७ जनालाई कोरोना पुष्टी भएको हो । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टी हुनेको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा कोरोनमुक्त हुनेको संख्या ६ हजार ८० रहेको छ । यससँगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख ३४ हजार ७ सय ५० रहेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाबाट १ सय १६ जनाको निधन भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार १ सय ६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया