

अर्थमन्त्री पौडेलद्वारा पेस गरिएको बजेट स्वीकृत, ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाइयो

काठमाडौं – शनिबार बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।
बैठकले अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको बजेटलाई स्वीकृत गरी ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाइएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।
राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि बजेट प्रस्तुत हुनेछ ।

