एउटा खतरनाक शासक किम जोङकी पत्नीबारे रोचक तथ्य


काठमाडौं– उत्तर कोरियाली शासक  किम जोङ उनको परिवारिक अवस्थाबारे निकै रहस्यात्मक तथ्यहरू छन्, जो बाहिर आएका छैनन् ।

सञ्चार माध्यमहरूकाअनुसार शासक उनले सन् २००९ मा उत्तर कोरियाकी एक पप गायिकासँग विवाह गरेका थिए । निकै सुन्दरी पप गायिका रि सोल जु र किम जोङ उनबीच सन् २००९ मा एक समारोहकाबीच विवाह भएको थियो ।

उनको वास्तविक उमेर बारे समेत उत्तर कोरियाभन्दा बाहिरको जगतलाई थाहा हुन सकेको छैन ।

उनी युवा पुस्तासँग उत्साहपूर्वक रमाइलो गर्ने गर्छन् । त्यस्तो अवस्थामा उनीसँग उनकी पत्नी पनि साथमा रहने बताइएको छ । पत्नी जुको उमेर भने भर्खरै २२ वर्ष मात्रै पुगेको दक्षिण कोरियाली सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

किम जोङ कन्सर्टमा उनीसँगै छोटो कपाल र हसिलो अनुहारकी महिला देखिने गरेको भनेर दक्षिण कोरियाका सञ्चार माध्यमहरूले दाबी गर्ने गरेका छन् ।

प्योङयाङको एक समाचार एजेन्सीकाअनुसार पत्नी जुले गाएको गितको भिडियो फूटेज आजभन्दा केही वर्षअघि सार्वजनिक भएको थियो । जुले ६ महिनासम्म उत्तर कोरियाको प्रथम महिला भएपछि सैन्य तालिम लिएको जनाइएको छ ।

यस्तो तालिम किम इल सुन विश्व विद्यालयमा दिइने गरिएको छ । किम आफ्नी पत्नी जुको प्रस्तुतिबाट किम निकै प्रभावित भएकोसमेत सञ्चार माध्यमहरूले जनाएका छन् ।

स्रोतहरूकाअनुसार किम पत्नी जुको बुबा, किम इल सुन विश्व विद्यालयका प्रोफेसर हुन् भने उनकी आमा डक्टर रहेको बताइएको छ । जुले १७ वर्षको उमेरमा दक्षिण कोरिया भ्रमण गरेको जनाइएको छ । सन् २००५ मा कोरियाको इम्चोनमा सम्पन्न एसियन एथ्लेटिक्स प्रतियोगितमा उनी सहभागी भएकी थिइन् । –एजेन्सीको सहयोगमा

प्रतिक्रिया