निर्वाचन सम्पन्न गर्न सबै दललाई सरकारमा सहभागी हुन प्रधानमन्त्री ओलीको आह्वान


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले २६ कात्तिक र ३ मंसिरका लागि घोषित निर्वाचन सफल बनाउन सबै दललाई सरकारमा सहभागी हुन आह्वान गरेका छन्।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले घोषित निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउनका निम्ति सरकारमा सहभागी हुन सबैलाई आह्वान गरेका हुन्।

प्रतिनिधि सभा विघटनको निर्णय स्थिरताका लागि नै भएको दाबी गरेका उनले अब नयाँ जनादेशका लागि सबै तयार रहन आग्रह गर्दै निर्वाचन निष्पक्ष र धाँधलीरहित हुने पनि बताए।

प्रतिक्रिया