भारतमा ४४ दिनयताकै न्यून संक्रमित, दिल्लीमा लकडाउन खोल्ने तयारी
नयाँदिल्ली – दोस्रो लहरको कोरोनाको हटस्पट बनिरहेको नेपालीको छिमेकी मुलुक भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या घट्दै आईरहेको छ ।
भारतमा गत २४ घन्टामा १ लाख ८६ हजार मात्र नयाँ संक्रमित थपिएको जनाइएको छ । बीबीसीका अनुसार उक्त संख्या गत ४४ दिनमा सबैभन्दा कम संख्या रहेको जनाइएको छ ।
पछिल्ला दिनमा कोरोना संक्रमित संख्या घट्दै जान थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा विस्तारै लकडाउन खोल्ने जनाइएको छ । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एकमहिना भित्र दिल्लीमा कोरोना नियन्त्रणमा आएको जनाएका छन् । पछिल्लो २४ घन्टामा दिल्लीमा १ हजार १ सय मात्र नयाँ संक्रमित थपिएको जनाइएको छ ।
केजरीवालले अब अनलक गर्ने समय आएको बताउँदै आगामी सोमबारदेखि विस्तारै विस्तारै गरेर लकडाउन खोल्न सकिने जनाएका छन् । केजरीवालले त्यस विषयमा, सबैभन्दा पहिलो प्राथमिकतामा मजदुरहरु पर्ने जनाएका छन् ।
उनले सबैभन्दा पहिला क्रन्स्ट्रक्सन र फ्याक्ट्रिहरु खोलिने जनाएका छन् । तर पनि त्यस निर्णयलिनुभन्दा दैनिक रुपमा नयाँ संक्रमितको संख्या घट्नुपर्ने केजरीवालको शर्त रहेको छ ।