जिदानले छाडे स्पेनिस क्लब रियल मड्रिड


स्पेन – स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लब छाडेका छन्। दोस्रो पटक क्लब सम्हालेका फ्रान्सेली प्रशिक्षक जिदानले यस सिजन उपाधि विहीन बनेपछि क्लब छाडेका हुन् ।

रियलले बिहीबार एक विज्ञप्ति निकाल्दै जिदानले क्लब छाडेको जनाएको छ । जिदान सन् २०१९ मा रियलका मुख्य प्रशिक्षक बनेका थिए । प्रशिक्षक सान्टीयागो सोलारीलाई बर्खास्त गर्दै रियलले जिदानलाई प्रशिक्षक नियुक्त गरेको थियो ।

त्यसअघि जिदानले २०१६ देखि ०१८ सम्म रियलको टिम हेरेका थिए । जिदानको नेतृत्वमा रियलले ३ पटक च्याम्पियन्स लिग र २ ला लिगा जितेको छ । यस्तै, रियललाई २ पटक युएईएफए सुपर कप, २ पटक क्लब विश्वकप र २ पटक स्पेनिस सुपर कप जिताएका छन् ।

प्रतिक्रिया