अकिशिनो बने जापानी युवराज


टोकियो(एजेन्सी)– जापानका राजकुमार अकिशिनोलाई औपचारिक रुपमा नै जापानी सिंहासनको उत्तराधिकारी घोषित गरिएको छ । उनी सम्राट नारुहितोका कान्छो भाई हुन र पिताको पद त्यागपछि गत वर्ष नै उनी राजा बनेका थिए । अकिशिनोलाई औपचारिक रुपमा युवराज घोषणा गर्ने दिन शाही निवासमा कार्यक्रम भएको थियो । जहाँ सम्राट र महारानीका अलावा शाही परिवारका सदस्यको उपस्थिति थियो ।

५४ वर्षे अकिशिनोले कार्यक्रममा युवराजको जिम्मेवारीलाई गहिरोसँग बुझेको र त्यही अनुसार कर्तव्य निर्वाह गर्ने बताएका थिए । सोही समयमा सम्राट नारुहितोले विरासतमा मिलेको संरक्षक तरबार अकिशिनोलाई हस्तान्तरण गरेका थिए । यो कार्यक्रम गत अप्रिलमै हुनुपर्ने थियो, तर कोरोना भाइरसको महामारीका कारण यसलाई पछाडि सारिएको थियो ।

यसअघि गत वर्ष सम्राट अकिहितोले राजसिंहासन आफ्ना ठूलो छोरा नारुहितोलाई हस्तान्तरण गरेका थिए । त्यही समयदेखि युवराजको गद्दी खाली थियो । अकिशिनोलाई युवराज बनाउने परम्परागत प्रक्रिया गत मेबाट शुरु भइसकेको थियो ।

नारुहितो सम्राट भएपछि उनको उत्तराधिकारी बन्ने सूचीमा केवल दुई नाममात्र थिए । जसमा एक नाम कान्छो भाई फुमिहितो र उनको १४ वर्षे छोरो हिसाहोतो थियो । नारुहितोको १८ वर्षीया छोरी आयको र युवराज फुमिहितोका दुई छोरी माको र काको महिला भएका कारण उत्तराधिकारी बन्न सकेनन् । शाही महिलालाई आम मानिससँग विवाह गर्न जापानमा रोक छ ।

प्रतिक्रिया