

महन्तले उपेन्द्रसँग मागे तीन दिने स्पष्टीकरण (पत्रसहित)

काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् ।
ठाकुरले यादवलाई तीन दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउनका लागि अनुरोध समेत गरेका छन् । मंगलबार सोधिएको स्पष्टीकरणमा ठाकुरले यादवलाई पार्टी एकता विरोधी गुटगत बैठक राखेको बारे सोधिएको छ ।
त्यस्तै लुम्बिनी प्रदेशका चार जना प्रदेश सभा सदस्यहरुमाथिको कारबाहीको बारेमा पनि सोधिएको छ ।
साच बुँदे स्पष्टीकरणमा ठाकुरले सर्वोच्च अदालतमा पार्टी निर्णय बेयर गठबन्धनको रिटमा हस्ताक्षर गरेको विषयलाई पनि समेटेका छन् ।
पत्रः

