महिनावारीका समयमा जरुरी मेन्स्ट्रुअल कप, प्रयोग गर्ने तरिका र फाइदा


काठमाडौं – मेन्स्ट्रुअल कप भनेको महिनावारी भएको बेला रगतलाई व्यवस्थापन गर्न महिलाले प्रयोग गर्ने कप हो। यो सिलिकनले बनेको हुन्छ।

महिनावारीको समयमा यसलाई यौनाङ्गबाट पाठेघरको मुखसँग पुग्ने गरी राख्ने गरिन्छ। रगतले कप भरिएपछि यसलाई निकालेर रगत फाल्ने र फेरी सफा गरेर राख्ने गरिन्छ।

कसरी प्रयोग गर्ने ?

-कपको मुखलाई पल्टाएर सानो बनाउने, ‘सी’ आकारको। यौनाङ्गबाट बिस्तारै पाठेघरको मुखसम्म पुर्‍याउनु पर्छ। त्यसपछि आफ्ना दैनिक कामकाज गर्न सकिन्छ। रगतले भरिसकेपछि कपको तलपट्टी हातले दबाउने, बाहिर निकाल्ने।z

यसलाई सफा गरेर पुनः प्रयोग गर्न सकिन्छ। तातोपानीमा उमालेर सफा गर्नुपर्छ। सानो सुर्केथैली बनाएर त्यसमा सुरक्षित राख्न सकिन्छ।

-यी कप एक पटकमा ८ देखि १२ घण्टासम्म प्रयोग गर्न सकिन्छ। बढी रक्तश्राव भएका बेलामा भने एक पटकमा चार(पाँच घण्टामै निकाल्न सकिन्छ।

-यो विभिन्न साइज तथा रङमा उपलब्ध छ । स्ट्रिङसहित र स्ट्रिङरहित गरी यो दुई प्रकारको हुन्छ, जसमा चार वटा स–साना प्वालहरू हुन्छन् । यसलाई योनीभित्र पसाउँदा दोबारेर राख्नुपर्छ ।

प्रतिक्रिया