सुनको मूल्य एकैदिन ३४ सयले घट्यो


काठमाडौं – सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ४ सयले घटेको जनाएको छ ।

सोमबार ९८ हजार २ सयमा कारोबार भएको सुन मंगलबारका लागि ९४ हजार ८ सय तोकिएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ।

यो अघिल्लो दिनको भन्दा तोलामा ७० रुपैयाँले कम भएको जनाइएको छ ।

प्रतिक्रिया