

भारतले नेपाललाई अक्सिजन बोक्ने दुई वटा टयांकर दिने

काठमाडौं – भारतले नेपाललाई आवश्यक पर्ने तरल अक्सिजन ल्याउनका लागि दुई टयांकर दिने भएको छ ।
भारतबाट तरल अक्सिजनको सहज आपूर्तिको लागि क्रायोजेनिक एवं अन्य अक्सिजन ट्यांकरहरु उपलब्ध गराउन नेपालले भारतलाई आग्रह गरेको थियो ।
प्रधानमन्त्री एवं मन्त्रीपरिषद् कार्यालयका अनुसार उत्तर प्रदेश सरकारले डी एण्ड टी ट्रेडर्सबाट दुई ट्यांकर आउने टुंगो लागेको छ ।
भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै भारतले आपूर्ती रोकेको थियो । तर नेपालले सुचारु गर्न पटक पटक आग्रह पछि दिने निर्णय गरेको हो ।

