

सरकारमा सहभागी हुँदै जसपा: ८ मन्त्री र २ राज्यमन्त्रीको मागमा प्रधानमन्त्री सहमत

काठमाडौँ – जनता समाजवादी पार्टी९जसपा०को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षबाट आएको मागमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएका छन् । जसपाले आफ्नो पक्षबाट ८ जना मन्त्री र २ जना राज्यमन्त्रीको पद माग गरिएकोमा प्रधानमन्त्री ओली सकारात्मक भएका हुन् ।
ओलीले जसपाका माग सम्बोधन गरेकाले सरकारमा सहभागी हुनका लागि जसपाको ठाकुर र महतो पक्ष सरकारमा जाने तयारी भएको बताएको छ ।
जसपा एक सांसदका अनुसार सरकारमा जान आठ मन्त्री र दुई राज्यमन्त्रीको माग गरिएकोमा प्रधानमन्त्री सहमत भएको र दुवै पक्षबाट मन्त्रीको टुङ्गो लगाएर आज बेलुकी वा शुक्रवारभित्र शपथ गराउने तयारी छ ।
महतोसहित मन्त्रीको आकाङ्क्षीमा लक्ष्मणलाल कर्ण, शरतसिंह भण्डारी, अनिल झा, राज किशोर यादव, चन्दा चौधरी, उमाशङ्कर अग्ररिया, इबाल मिँया, विमल श्री वास्तव रहेको ती सांसदको भनाइ छ ।
अर्का अध्यक्ष उपेन्द्र यादव समूहले भने ओली सरकारमा सहभागी हुनेलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिइसकेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकता विधेयक पनि पास गरेकी छन् । जुन जसपाको प्रमुख मुद्दा रहँदै आएको थियो ।

