

देउवा प्रधानमन्त्री बनाउन माधव नेपाल पक्षबाट हस्ताक्षर गर्ने २३ सांसदको सूची यस्तो छ

काठमाडौँ – प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दायरका लागि माधवकुमार नेपाल पक्षका २३ सांसदको हस्ताक्षर भएको दाबी गरिएको छ ।
नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायरको लागि एमालेको नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेको नेपाल समूहका एक नेताले जानकारी दिए ।
सभापति देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेका छन् ।
आइतबार हस्ताक्षर संकलन गरी सर्वोच्च जाने तयारीमा रहेको विपक्षी गठबन्धनका सांसदहरु समय अभावका कारण सोमबारमात्रै सर्वोच्च जाने भएका हुन् । आज सर्वोच्च जानुअघि नेकपा एमालेका नेपाललगायतका नेताहरु सिंहदरबारमा भेला भएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेर मध्यावधि घोषणा गरेपछि विपक्षी गठबन्धन आन्दोलनमा छन् । यसअघि देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ जना सांसदहरु नै सर्वोच्चमा उपस्थित हुने तयारी गरिएको छ ।
यी हुन् रिटमा हस्ताक्षर गर्ने नेपाल पक्षका २३ सांसद
१. विरोध खतिवडा,
२. जीवनराम श्रेष्ठ,
३. घनश्याम भुसाल,
४. सोमप्रसाद पाण्डे,
५. कृष्णलाल महर्जन,
६. झपट रावल,
७. निरादेवि जैरू,
८. सरला यादव,
९. कल्याणी खड्का,
१०. लक्ष्मी चौधरी,
११. माधव नेपाल,
१२. भीम रावल,
१३. कलिला खातुन,
१४. रामकुमारी झाँक्री,
१५. झलनाथ खनाल,
१६. पुष्पा कर्ण कायस्थ,
१७. भवानी प्रसाद खापुङ,
१८. यज्ञ सुनुवार,
१९. पवित्रा निरौला,
२०. मुकुन्द न्यौपाने,
२१. मेटमणि चौधरी,
२२. दिपक प्रकाश भट्ट,
२३. नारायण खतिवडा

