एमाले स्थायी कमिटी बैठक बस्दै, यस्तो हुँदैछ माधव नेपालसहित ११ जनालाई कारबाही


काठमाडौं– नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा बस्ने तयारी गरिएको छ। सोमबार बस्ने बैठकले विपक्षी गठबन्धनलाई सहयोग गरेका नेता माधवकुमार नेपालसहित स्पष्टिकरण सोधिएका ११ जनालाई कारबाही हुने बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा नेपालसहितका ११ जनालाई पार्टीबाट निलम्बनको एजेन्डा पेश हुनेछ। यद्यपि निर्णय हुने या नहुने भन्ने विषयमा भने केही खुलाइएको छैन।

स्रोतका अनुसार पार्टी विभाजन गर्ने नेतृत्व नेपालले गरेको र समस्या समाधानको तयारी हुँदैगर्दा विपक्षी गठबन्धनसँग मिलेर एमालेलाई कमजोर बनाएको तथा नयाँ दल दर्ता गर्न लगाएको भनी कारबाही हुन सक्नेछ।

यस्तै बजेटलगायतका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया