
एउटा नेता भन्दा देश ठूलो होः भीमार्जुन आचार्य
काठमाडौं – वरिष्ठ अधिवक्ता एवं संविधानविद् cले नागरिकतासम्बन्धी अध्यादेश ल्याउनु मुलुकलाई फिजीको नियतिमा पुर्याउने उद्देश्यले आएको बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत आचार्यले यस्तो महामारीको समयमा प्रधानमन्त्री र राष्ट्रपति मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउने नागरिकता अध्यादेश जारी गरेको भन्दै यसको विरोध गर्नुपर्ने बताए।
एउटा नेता भन्दा देश ठूलो भएको भन्दै उनले यसतर्फ सबै होसियार हुनुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘ओली राष्ट्रघातको कित्तामा उभिएको दिन देखि हामीले विरोध गर्यौं। उनको गुट र कार्यकर्ताहरू हाम्रो विरुद्ध खनिए। यस्तो महामारीको समयमा आज उनी र राष्ट्रपति मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउने नागरिकता अध्यादेश जारी गरे। जसको विरोध पहिले उनी आफैंले गरेका थिए। भोलि निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउँलान्। सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखियो। एउटा नेता भन्दा देश ठूलो हो, होसियार हौं। त्यो तत्व पचासौं वर्षको ड्युज यो सरकारमार्फत प्राप्ति गर्ने योजनामा छ। त्यसलाई सफल हुन नदिउँ।’
आइतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन्। अध्यादेश जारी भएसँगै अब आमाको नामबाट वंशजको नागरिकता सन्तानले पाउने भएका छन्।



कागजपत्र |
