

राजसंस्था र हिन्दुत्वको पक्षमा चार हजार मोटरसाइकल सडकमा उतार्ने तयारी

काठमाडौं– राजसंस्था पुनस्र्थापना तथा हिन्दु धर्म सापेक्ष मुलुकको माग गर्दै बिराटनगरमा ४ हजार मोटरसाइकलसहितको र्याली सडकमा उतार्ने तयारी भएको छ।
शिव सेना नेपालका सुनसरी संयोजक सूरज कँडेलका अनुसार मुलुकमा गणतन्त्रका नाममा ब्रम्हलुट तथा धार्मिक सापेक्षतामाथि हमला भएपछि राजसंस्था पुनस्र्थापनाको विकल्प नभएकाले प्रदर्शनको तयारी गरिएको हो।
राजतन्त्र र हिन्दुत्वको पक्षमा रहेका युवाहरूको उक्त र्याली व्यवस्था परिवर्तनको मागका लागि हुन लागेको हो। ‘गणतन्त्रका नाममा जे भइरहेका छन् त्यो राजनीतिक दृश्य देख्दा खुसी मान्नुपर्ने कहाँ छ र?’, कँडेल भन्छन्,‘राजाले जनताको हितका निम्ति राजगद्दी छाडेका थिए तर सत्तामा पुगेकाले आफूभन्दा बाहेक कोही पनि नदेख्ने प्रवित्तिले जनता निराश छन्।
२७ कात्तिमा विशाल र्यालीको तयारी भइरहेको छ। यसअघि पश्चिम नेपालको बुटवलमा राजावादीले विशाल मोटरसाइकल र्याली निकालेका थिए।

