सर्वोच्च अदालत जान विपक्षी गठबन्धनले नागरिकतासहित बोलायो १४९ सांसद


काठमाडौं– प्रतिनिधि सभा विघटनको निर्णयविरुद्ध रिट हाल्न विपक्षी गठबन्धन दलहरूले १४९ सांसदलाई नागरिकतासहित बोलाएको छ।

आइतबार हस्ताक्षर र नागरिकता सनाखत गरी सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्नी सापकोटाविरुद्ध रिट हाल्ने तयारी भएको छ।

शनिबार संयुक्त बैठक गरी सरकारको सिफारिस र राष्ट्रपति भण्डारीको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाई गर्ने निर्णय भएको थियो।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका माधवकुमार नेपाल पक्ष र जसपाका उपेन्द्र यादव पक्षको बैठक भएको थियो।

प्रतिक्रिया