विघटनबारे विप्लवको वक्तव्य- संसदीय व्यवस्था समस्या, जनमत संग्रह गर्नुपर्छ
काठमाडौं – नेपाल कम्यनिस्ट पार्टी विप्लवका महासचिव नेत्रविक्रम चन्द विप्लवले केपी ओली नेतृत्वको दुई तिहाइको सरकार चल्न नसक्नु व्यक्तिको मात्र नभई संसदीय व्यवस्थाकै समस्या भएको बताएका छन् ।
संसद विघटन र मध्यावधि निर्वाचनको घोषणाबारे एक विज्ञप्ति निकाल्दै विप्लव समूहले आप्mनो पाँच बुँदे धारणा सार्वजनिक गरेको छ ।
वक्तव्यमा विशेष गरी संसदीय व्यवस्थाविरुद्धमा जनमतसंग्रहमा जानु पर्ने माग गरिएको छ । ‘राज्यको संकटलाई उचित निकास दिन संसदवार्दी पार्टी, नेकता सरकार असफल भए पनि यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नुपर्दछ,’ वक्तव्यमा भनिएको छ ।