उग्र गोकुलः ‘कोल्याप्स’ भन्दै प्रचण्ड–नेपालमाथि खनिए
काठमाडौं– सरकारका प्रवक्ता समेत भइसकेका एमाले नेता गोकुल बास्कोटाको उग्रताले सीमा नाघ्न थालेको आरोप लागेको छ।
प्रतिनिधि सभा विघटनको दोस्रो निर्णयको पक्षमा सामाजिक सञ्जालमा आफ्ना विचार राखेका बास्कोटा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालमाथि खनिएका छन्।
उनले लेखेका छन्,‘जनताले चुनेको सरकारलाई पटक–पटक अप्राकृतिक समीकरणदेखि समीकरणसम्मको गोलचक्करमा रिङयाउने षडयन्त्र समाप्त।’
आफ्ना अभिव्यक्तिका कारण विवादमा आइरहने बास्कोटा अगाडि लेख्छन्,‘अब माधव–प्रचण्डले कुण्ठित इच्छाअनुरुपको समीकरण बनाउनु र जनताले साथ दिएमा चौका दाउ हान्नु। जनताले कोल्याप्स हान्दिए भने सक्यो। गुनासोको काम छैन। विधि, पद्दती लगेर कर्णालीमा सेलाउनु।’
उनले विधि पद्दतीको पनि खिल्ली उडाउन थालेका छन्।