

जनमत गुमेका र आगामी निर्बाचनमा हार्ने डर भएकाहरु बिगठित संसद बोकेर हिडिरहने छ्न् : पूर्वमन्त्री बस्नेत

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रपति र प्रधानमन्त्रीको कदम जनतामा जान नसक्नेले मात्र विरोध गरेको बताएका छन् ।
पूर्वमन्त्री बस्नेतले सरकारले विभिन्न विकल्पहरु अवलम्बन गरिसकेपछि निकास ननिस्किएकोले अन्तिम विकल्प प्रयोग गरेको बताए । उनले जनमत गुमेका, जनतामा नगएका र आगामी निर्बाचनमा हार्ने डर भएकाहरुले आगामी मध्यावधी निर्वाचनको विरोध गरिरहने बताएका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘केही जनमत गुमेका, ज्न्तामा नगएका र आगामी निर्बाचनमा हरिने डर भएका, अनि बौद्धिक खेति गरेर जीबिकोपार्जन गरिरहेका, र डलर खेति गर्नेहरुले यस्को बिरोध गरिरनेछन । महादेबले सतिदेबिको लास बोकेर हिडेको जस्तो बिगठित संसद बोकेर हिडिरहने छ्न्।’
काग गराउदै गर्छ पिना सुक्दै गर्छ्। कुकुर भुक्दै छ हात्ती लमकदैछ्। सबै जना मिलेर निर्वाचनको अभियनमा लगौं।
उनले सरकार चलाउन जनमतमा जानु उचित निकासा रहेको पनि बताएका छन् ‘निकास दिन नसक्ने, वैकल्पिक सरकार दिन नसक्ने, कानुन बनाउन नसक्ने, सदन थारो गाई जस्तै भएको थियो, यसको विकल्प भनेको नयाँ जनमतबाट नयाँ सदन नै हो ।’
बस्नेतले यस घटनाक्रमको विरोध गर्नुको कुनै औचित्य नभएको बताउँदै सबैलाई निर्वाचनको तयारीमा लाग्न आह्वान समेत गरेका छन् ।

