…र अर्का दुई शुक्रबारको प्रतिक्षा, कात्तिक २६ र मंसिर ३, २०७८ !


काठमाडौं – नेपालमा प्रायःजसो राजनीतिक घटनाहरु शुक्रबार हुने परम्परा नै बन्दै आएको छ । यस्तै घटना पुनः दोहोरिएको २०७८ जेठ ७ गते शुक्रबार ।

नारायणहिटी हत्याकाण्डदेखि पूर्वराजा ज्ञानेन्द्रका विभिन्न कदमहरु प्रायः शुक्रबार नै भएको परम्पराको निरन्तरता पछिल्लो घटनाक्रममा पनि जोडिएको छ ।

राजा वीरेन्द्रको वंशविनाशको घटना पनि शुक्रबार नै भएको थियो, त्यो पनि जेठको महिनामै । अहिलेसम्म रहस्यमयी घटनाकाण्डको रुपमा मानिएको दरबार हत्याकाण्ड भएको २० वर्ष पुग्न केही दिनमात्र बाँकी रहेको अवस्था छ ।

त्यसपछि अस्थीरतामा रहेको नेपाली राजनीतिमा वीरेन्द्रपछि राजगद्दी सम्हालेका ज्ञानेन्द्र शाहका कतिपय कदमहरु पनि शुक्रबार नै हुने गरेको इतिहास साक्षी छ ।

त्यस्तै अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन पनि संयोगले शुक्रबार नै परेको छ त्यो पनि मध्यरातमा नै ।

राष्ट्रपति भण्डारीले वर्तमान प्रतिनिधिसभा संसद विघटन गरेर आगामी कात्तिक २६ र मंसिर ३ मा निर्वाचनको घोषणा गरेकी छिन्, शायद त्यो अर्को संयोग, ती दुवै दिन पनि शुक्रबार नै परेका छन् ।

प्रतिक्रिया