कोभिड-१९ नियन्त्रणका लागि नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने


काठमाडौं – नेपालमा बढ्दो कोभिड-१९ संक्रमण न्यूनीकरणको लागि अष्ट्रेलियाले सहयोगको घोषणा गरेको छ ।

अष्ट्रेलियाको विदेशमन्त्रालयले विज्ञप्ति जारी गरी नेपाललाई कोरोना महामारी नियन्त्रणका लागि उपकरण खरिदका लागि ७० लाख डलर प्रदान गर्ने जनाएको छ । यो सहयोग राष्ट्रसंघ र एनजीओमार्फत् प्रदान गर्ने विज्ञप्तिमा जनाइएको छ ।

अष्ट्रेलियाले बंगलादेश र श्रीलंकालाई पनि सहयोगको घोषणा गरेको छ । बंगलादेशलाई ५० लाख र श्रीलंकालाई ५५ लाख डलर सहयोग गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया