संसद विघटन गर्ने तयारीमा राष्ट्रपति र प्रधानमन्त्री : देव गुरुङ


काठमाडौं – नेकपा माओवादी केन्दले नयाँ सरकार गठनका लागि सिधै संविधानको धारा ७६ (५) प्रयोग गर्नुलाई संसद विघटन गर्ने प्रधानमन्त्री र सरकारको तयारी रुपमा आकलन छ।

राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागी दलहरुलाई २१ घण्टाको समय दिएसँगै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले भने ‘धारा ७६(३)को सरकारले धारा उपदफा ४ प्रयोग गर्नुपर्ने हो, त्यो प्रयोग नगरिकनै एकैचोटी उपधारा ५ मा प्रवेश गरे।’ उनले भने, ‘जसरी भए पनि संसद विघटन गर्ने तयारीमा उहाँहरु (राष्ट्रपति र प्रधानमन्त्री) हुनुहुन्छ ।’

उपधारा ५ अनुसार पनि नयाँ सरकार गठन गर्न निकै छोटो समय दिनुको उदेश्य नयाँ सरकार गठन नहोस् भन्ने रहेको गुरुङको दावी छ।

प्रतिक्रिया