राष्ट्रियसभा उपचुनाव : स्थानीय तहमा खिमलाल विजयी
काठमाडौं – राष्ट्रियसभा उपचुनावमा स्थानीय तहको मतगणना सकिएको छ ।
स्थानीय तहमा रामबहादुर थापा बादललाई डा.खिमलाल देवकोटाले उछिनेका छन् ।
डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाएका छन् ।
२ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । अब प्रदेशसभाको मत गन्न बाँकी छ ।
खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ । बादलले पाएको मतभार १८५४ हुन्छ ।
डा. देवकोटाले पाएको मतभार बादलको भन्दा ४५० बढी छ ।