सुनको मूल्य ४०० रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?


काठमाडौँ – आज बिहीबार सुन प्रतितोला ४०० रुपैयाँले बढेको छ ।

गत बुधबार एक सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज एकै दिन ४०० रुपैयाँले बढेर अधिकतम ९३ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको छ ।

यता चाँदी तर्फ भने बिहीबार समेत प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३६० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया