मुख्यमन्त्री पोखरेलविरुद्ध रिट लिएर अदालत जाने चार दलको निर्णय (पत्रसहित)


बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्ति बदरको माग गर्दै विपक्षी दल सर्वोच्च अदालत जाने भएका छन् ।

बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै सर्वौच्च अदालतमा रिट दायर गरी न्यायिक उपचार खोज्ने निर्णय गरेको हो ।

प्रदेशसभामा तत्कालिन अवस्थामा पोखरेलको पक्षमा बहुमत नभए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेको विपक्षी दलहरुको दावी छ ।

पत्रसहित:

प्रतिक्रिया