

रामबहादुरलाई राप्रपाको भोट

काठमाडौं– विहीबार हुने राष्ट्रिय सभा उप–निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भोट नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई दिने निर्णय भएको छ।
एमालेले पत्र लेखी मत मागेपछि बागमती प्रदेशभरी रहेका राप्रपाबाट निर्वाचित गाउँपालिका, नगर प्रमुख उपप्रमुखलाई आफ्नो मत बादललाई दिन भनिएको छ।
बुधबार एक विज्ञप्ति जारी गरी राप्रपाले एमालेको पत्र आएका कारण बादललाई मत दिने निर्णय गरिएको विज्ञप्तिमार्फत जनाएको छ।

