

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो २ः३० बजे बैठक बस्ने लागेको हो।
संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बैठक बस्न लागेको जानकारी दिँदै बैठकमा कोरोना महामारी, बजेट र नयाँ सत्ता समीकरणका विषयमा छलफल हुने बताए।
उनले सरकारले बजेटअघि पूरा गर्नुपर्ने संवैधानिक र प्रक्रियागत कामसमेत अघि नबढाइएकाले त्यस विषयमा छलफल हुने बताए।
सरकारले बजेट १५ जेठमा संघीय संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, अहिलेसम्म संसद अधिवेशन समेत बोलाएको छैन।

