

भारतले दशैं अघि कोरोनाभाइरसविरुद्धको खोपलाई विदेश आपूर्तिमा रोक लगायो

काठमाडौं – घरेलु मागलाई मध्यनजर गर्दै भारतले आगामी अक्टोबरभन्दा अघि कोरोनाभाइरसविरुद्धको खोपलाई विदेशमा आपूर्ति नगर्ने भएको छ ।
सरकारी स्रोतलाई उध्दृत गर्दै रोयटर्स समाचार एजेन्सीले जनाएअनुसार घरेलु मागलाई मध्यनजर गर्दै भारतले उक्त निर्णय गरेको हो ।
भारतको यो कदमले कोभ्याक्स संजालअन्तर्गत हुने भनिएको विश्वव्यापी खोप आपूर्ति प्रभावित हुने देखिएको छ । खरिदका लागि अग्रिम भुक्तानी दिइसकेका नेपाल, बंगलादेश र श्रीलंकाजस्ता मुलुकहरुलाई थप समस्या पर्ने देखिएको छ ।
विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक मुलुकले आपूर्ति गर्नमा ढिलाइ गर्ने भएपछि नेपालसहितका अन्य मुलुकले लामै समय कुर्नुपर्ने देखिएको छ ।

